समाचार

पहिरोमा वडासदस्यसहित दुई जना बेपत्ता

२३ भाद्र २०८१, आईतवार ०९:१३
पहिरोमा वडासदस्यसहित दुई जना बेपत्ता

२३ भदौ,जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् ।

गए राति खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पु¥याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए । पुरिएका चलाउने दम्पतीको उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्