समाचार

बस र भ्यान दुर्घटना : १७ जनाको मृत्यु र १६ यात्रु घाइते

२२ भाद्र २०८१, शनिबार १४:०४
बस र भ्यान दुर्घटना : १७ जनाको मृत्यु र १६ यात्रु घाइते

२२ भदौ, एजेन्सी। भारतीय राज्य उत्तर प्रदेशको हाथरसस्थित आगरा–अलिगढ राष्ट्रिय राजमार्गमा शनिबार बस र भ्यान ठोकिँदा १७ जनाको मृत्यु भएको छ।

हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले सञ्चारकर्मीलाई बताएअनुसार शुक्रबार साँझ ६ः१५ बजे रोडवेजको बस र पिकअप भ्यान आपसमा ठोकिएका हुन्। दुर्घटनामा १७ जनाको मृत्यु भएको र १६ यात्रु घाइते भएको उनले बताए। मृतकमा ७ पुरुष, ४ महिला र ६ बालबालिका छन्। प्रहरी उपरीक्षक अग्रवालले भने,  ‘घटनामा मृत्यु भएका सबैको पोस्टमार्टमपछि शव दाहसंस्कारका लागि गाउँ पठाइएको छ।’

दुर्घटनामा मृत्यु भएका सबैको पोस्टमार्टमपछि शव दाहसंस्कारका लागि गाउँ पठाइएको हाथरसका प्रहरी उपरीक्षक निपुन अग्रवालले बताए ।

प्रतिक्रिया दिनुहोस्