समाचार

अहिले कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिन्न : प्रधानमन्त्री ओली

२२ भाद्र २०८१, शनिबार १३:५६
अहिले कर्मचारीको तलब २५ पैसा पनि बढाउन सकिन्न : प्रधानमन्त्री ओली

२२ भदौ, काठमाडौँप्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल कर्मचारीको तलब वृद्धि गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।

शनिवार काठमाडौँमा २१ औँ निजामती सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको अर्थतन्त्रले कर्मचारीको तनाखा वृद्धि गर्न नसकिने बताए ।

 उनले अर्थतन्त्र बलियो हुँदा एकैपटक २५ प्रतिशत तनाखा वृद्धि गरिदिएको उल्लेख गर्दै अहिले २५ पैसा पनि वृद्धि गर्न सक्ने अवस्था नरहेको जिकिर गरे । उनले अहिले मनलाई दह्रो बनाइ कठिनाइहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढाउन सके पछि पारिश्रमिक र सुविधा पनि बढ्ने बताए । ओलीले नियोजित र प्रायोजित रूपमा सरकारको विरोध गर्नुलाई केही नगरीकनको बहादुरीका रूपमा लिने गरिएको बताए ।

उनले भने, ‘कर्मचारीका समस्या आएका छन् । म त अलिकति पैसा भयो भने २५ प्रतिशत तनाखा वृद्धि गरिदिने मान्छे हुँ । पहिला त एकैचोटी वृद्धि गरिदिएको थिएँ । अहिले त यस्तो स्थिति छ कि २५ प्रतिशत होइन, २५ पैसा पनि वृद्धि गर्न सक्ने स्थिति छैन । देशको अर्थतन्त्रले गर्न सम्भव छैन । मेरो मनले मात्रै सम्भव हुँदो रहनेछ । अहिले अलिकति हामीले मनलाई दह्रो बनाएर कठिनाइहरू छन्, तिनीहरूको सामना गरेर देश र अर्थतन्त्रलाई अघि बढायौँ भने हाम्रो पारिश्रमिक र सुविधा पनि बढ्छ । सबै चिज बढ्छ ।’

प्रतिक्रिया दिनुहोस्