प्रविधि

सेवा प्रदायकहरूलाई प्राधिकरणले भन्यो– अब टिकटक चल्ने बनाउनू

२२ भाद्र २०८१, शनिबार १३:५०
सेवा प्रदायकहरूलाई प्राधिकरणले भन्यो– अब टिकटक चल्ने बनाउनू

२२ भदौ, काठमाडौँनेपाल दूरसञ्चार प्राधिकरणले सामाजिक सञ्जाल टिकटक प्रयोगमा लगाइएको प्रतिबन्ध हटाउन सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन दिएको छ ।

भदौ ६ गतेको मन्त्रिपरिषदको बैठकले टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो । त्यही निर्णयको कार्यान्वयनका लागि प्राधिकारणले सबै इन्टरनेट सेवा प्रदायकहरु र मोबाइल सेवा प्रदायकहरुलाई निर्देशन जारी गरेको हो ।

सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाएकोबारे नेपाल दूरसञ्चार प्राधिकरणबाट जारी गरिएको सार्वजनिक सूचनाका आधारमा यस्तो निर्णय गरिएको नेपाल टेलिकमले जनाएको छ।

सामाजिक सदभाव एवं सामाजिक वातावरणमा नकारात्मक असर परेको भन्दै २०८० कात्तिक २७ गतेबाट सरकारले  टिकटकमाथि रोक लगाएको थियो। ‘टिकटकको प्रयोग/पहुँचमा लगाइएको रोक हटेसँगै अब नेपाल टेलिकमका सेवाग्राहीले सहज तवरले उक्त सामाजिक सञ्जाल प्रयोग गरी लाभ लिन सक्ने कम्पनीको विश्वास छ,’ टेलिकमद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्