समाचार

४० जना निजामती कर्मचारी पुरस्कृत

२२ भाद्र २०८१, शनिबार १३:२१
४० जना निजामती कर्मचारी पुरस्कृत

२२ भदौ, काठमाडौँसरकारले २१औँ निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीको नामावली सार्वजनिक गरेको छ । बिहीबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय भएकोमा २१ औं निजामती सेवा दिवसका अवसरमा शनिबार नामावली सार्वजनिक भएको हो ।

रकारले दिवसको अवसर पारेर वर्षभरिको कार्यसम्पादनका आधारमा उत्कृष्टता, गुणस्तरीयता, अनुशासन र योगदानका आधारमा ४० जना कर्मचारीहरूलाई पुरस्कृत गर्न लागेको हो।

यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनौट गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । जस अनुसार उत्कृष्ट निजामती सेवा पुरस्कार गर्ने १० जना कर्मचारीमा सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव (प्राविधिक) रामचन्द्र दंगाल, नेपाल सरकारका सहसचिव एवम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेशका सचिव शंकरबहादुर केसी रहेका छन् ।

यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव (कानून) राजुप्रसाद गुरागाईँ, कागेश्वरी मनोहरा नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत उपसचिव सागर मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत उपसचिव चूडाराज न्यौपाने, गृह मन्त्रालयका उपसचिव कृष्ण सापकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चिरञ्जीवी नेपाल रहेका छन् ।

यस्तै नापी कार्यालय खादबारीका सर्वेक्षक आशा राई, कोशी टप्पु बन्यजन्तु आरक्ष कार्यालय सुनसरीमा हात्तिसारमा कार्यरत दरोगा बुनु राना र समशितोष्ण बागवानी केन्द्र मार्फा मुस्तांगमा कार्यरत कार्यालय सहयोगी निलबहादुर पुर्जा मगर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्