समाचार

एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने

२१ भाद्र २०८१, शुक्रबार १३:४५
एनसेल एपबाटै पुलिस रिपोर्टका लागि आवेदन दिन सकिने

२१ भदौ,  काठमाडौँ एनसेल एपबाटै प्रहरी चारित्रिक प्रमाणपत्र अर्थात् ‘पुलिस रिपोर्ट’ का लागि निवेदन दिन सकिने भएको छ।

ग्राहकहरूले अब यो एपमार्फत प्रहरी चारित्रिक प्रमाण पत्र अर्थात पुलिस रिपोर्ट लिनका लागि सजिलैसँग आवेदन दिन सक्छन्। यो सुविधाले अब एक महत्वपूर्ण सार्वजनिक सेवा सहजै यो एपबाट पनि लिन सकिने भएको छ।

सधैं अनप्रति कम्पनीको प्रतिबद्धता र ग्राहकको अनुभवलाई अझै अभिवृद्धि गर्दै लैजाने योजना अनुरुपम एनसेलले पुलिस रिपोर्टका लागि आवेदन दर्ताको सुविधा आफ्नो एपमा थपेको हो। प्रयोगकर्ताहरूले पुलिस रिपोर्टको लागि सिधै एप मार्फत आवेदन दिएर अनलाइनबाटै आफ्नो रिपोर्ट प्राप्त गर्न सक्छन्।

नेपाल प्रहरीको वेबसाइटलाई आफ्नो नेटवर्कमा निःशुल्क गरिएको एनसेलले जनाएको छ। “नेपाल प्रहरीसँगको सहकार्यमा विभिन्न सार्वजनिक सेवा डिजिटल रूपमा उपलब्ध गराउन पाउँदा खुशी छौं,” एनसेलका चीफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने। यो एपलाई स्थानीय श्रम बजारमा उपलब्ध सूचना प्रविधि क्षेत्रका प्राविधिकको प्रयोग गरेर अद्यावधिक गरिएको एनसेलले जनाएको छ।

“एक जिम्मेवार कर्पोरेट नागरिकको हैसियतले नेपाल प्रहरीसँगको सकहार्यमा विभिन्न सार्वजनिक सेवाहरू डिजिटल रूपमा हाम्रो ग्राहकमैत्री एनसेल एप मार्फत उपलब्ध गराउन पाउँदा खुसी छौं। यदि हामीले डिजिटल समाज र देशको परिकल्पना गर्छौं भने यस्ता पहलहरू आधारभूत आवश्यकताहरू हुन्,” एनसेलका चिफ रेगुलेटरी अफिसर विशाल उपाध्यायले भने। “सधैं अनको महत्वलाई थप बढाउँदै, एनसेलले डिजिटल रूपमा सेवाहरू प्रदान गर्न र सरकारको डिजिटल नेपाल अवधारणालाई सघाउन समान विचारधाराका भएका बैंकहरू जस्ता साझेदारहरुसँग सहकार्य गरेर एनसेल एपमा थप सुविधाहरू थप्ने काम गरिरहेको छ।”

प्रतिक्रिया दिनुहोस्