समाचार

प्रधानमन्त्री ओलीले दिए तीजको शुभकामना

२१ भाद्र २०८१, शुक्रबार १३:२१
प्रधानमन्त्री ओलीले दिए तीजको शुभकामना

२१ भदौ, काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीज पर्वका अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत आज प्रधानमन्त्री ओलीले दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गरेका हुन् । उनले भने, “तपाईँहरूको तीज रमाइलो रहोस्, स्वास्थ्य राम्रो रहोस्, तीजको शुभकामना ।”

प्रधानमन्त्री ओलीले आज देशैभर तीजको रौनक रहेको सन्दर्भ र आफ्नो बाल्यकालमा तीजमा रमाएको स्मरणसमेत गरे । “बाल्यकालमा तीजमा आमा तथा दिदीबहिनीहरू जम्मा भएर रमाएको आफूलाई खुब मन पर्थ्यो । यातायात र सञ्चार साधन नभएको त्यस समयमा दिदीबहिनी भेट हुने अवसर नै तीज मात्र थियो । त्यसबेला तीज सकिएपछि हामी केटाकेटीहरू दसैँं आउने दिन गन्न थाल्थ्यौँ”, उनले स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्