समाचार

काफ्लेले मन्त्रालयसँग समन्वय नगरेकाले विदेश भ्रमण रद्द : मन्त्री गुप्ता

२० भाद्र २०८१, बिहीबार १६:२५
काफ्लेले मन्त्रालयसँग समन्वय नगरेकाले विदेश भ्रमण रद्द : मन्त्री गुप्ता

२० भदौ, काठमाडौ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती विधेयक पारित गर्न उच्च राजनीतिक तहमा छलफल गर्ने बताएका छन्।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री गुप्ताले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समिति बाट पारित गराउन उच्च राजनीतिक तहसँग समन्वय गर्ने बताएका हुन्।

उनले भने,’ आज यस विधेयकमा माननीयज्यूहरूले जे सुझाव, सल्लाह दिनुभयो। ठिकै हो, १ हजार ५८३ वटा संशोधन प्रश्ताव छ। यसलाई छलफलमा लगियो भने यो छलफल नै वर्ष, दुई वर्ष जान्छ। हामी उच्च राजनीतिक तहमा समन्वय गर्छौ । उहाँहरूको निर्देशन लिन्छौँ र छलफल गरेर अगाडि बढ्छौँ।’

विधेयकमा एक हजार ५८३ संशोधन प्रस्ताव रहेको उनले उल्लेख गरे । त्यसमाथि छलफल गर्दा दुई वर्ष बित्न सक्ने भन्दै उनले उच्च राजनीतिक तहसँग समन्वय गरेर निर्देशन लिने बताए । उनले यो विधेयकलाई प्राथमिकतामा राखेर अगाडि बढाउन समितिसमक्ष आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्