प्रविधि

ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा

१९ भाद्र २०८१, बुधबार २१:२३
ग्यालेक्सी ए०६ भदौ २३ गतेदेखि नेपाली बजारमा

१९ भदौ, काठमाडौँ। सामसङको ए-श्रृङ्खलाले अर्को रोमाञ्चक एडिसन ग्यालेक्सी ए०६ २३ गतेदेखि नेपाली बजारमा आउने भएको छ। सामसङको एन्ट्री लेभल लाइनअपमा पछिल्लो एडिसनका रूपमा ग्यालेक्सी ए०६ ले नेपाली प्रयोगकर्ताहरूका लागि बेस्ट अनुभूति दिने छ।

भदौ २३ गतेदेखि नेपालभरका स्टोरमा पाइने भनिएको फोनलाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ। डिभाइसमा पावरफुल ५० मेगापिक्सेल (एमपी) प्राइमरी क्यामेरा र २ एमपी डेप्थ सेन्सर छ भने ८ एमपी फ्रन्ट क्यामेरा छ। फोनमा ६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन छ।

यस फोनमा ६.७ इन्चको एचडी प्लस पीएलएस एलसीडी स्क्रिन रहेको छ भने यसले माइक्रो एसडी मार्फत १ टिबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ। कम्पनीका अनुसार ग्यालेक्सी ए०६ मिडिया टेक हेलियो जी८५ प्रोसेसरद्वारा सञ्चालित छ, जसले गेमिङ, कन्टेन्ट हेर्ने र सेयरिङका लागि उत्कृष्ट पर्फमेन्स प्रदान गर्दछ। यस फोनमा ५ हजार एमएएच ब्याट्री क्षमता र २५ वाट तीव्र चार्जिङ फिचर रहेको कम्पनीले जनाएको छ।

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध, ग्यालेक्सी ए०६ को ४÷६४ जीबी भेरियन्टको १५ हजार ४९९ रुपैयाँ, ४÷१२८ जीबी भेरियन्टको १७ हजार ४९९ र ६÷१२८ जीबी भेरियन्टको १९ हजार ४९९ रुपैयाँ पर्नेछ।

फोनसँगै २५ वाटको एड्याप्टर पनि निःशुल्क आउने कम्पनीले जनाएको छ। यो फोन फाइनान्स गरेर समेत किन्न सकिने सुविधा कम्पनीले दिएको छ। इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्