समाचार

१९ राष्ट्रिय सभा सदस्यका लागि यी हुन् सात प्रदेशका ४३ उम्मेदवार [सूचीसहित]

२० पुष २०७८, मंगलवार १५:५३
१९ राष्ट्रिय सभा सदस्यका लागि यी हुन् सात प्रदेशका ४३ उम्मेदवार [सूचीसहित]

२० पुस, काठमाडौं । राष्ट्रियसभाको आगामी माघ १२ गते हुने निर्वाचनका लागि आज दलहरुले उम्मेदवारी दर्ता गरेका छन् । १९ सिटका लागि मंगलबार विभिन्न पार्टीका ४३ उम्मेदवारले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले बताएको छ।

१९ सिटका लागि हुने निर्वाचनका लागि उमेदवारहरुले मंगलबार सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका छन् । अधिकांश प्रदेशमा सत्तागठबन्धनका तर्फबाट संयुक्त रुपमा र नेकपा एमालेले छुट्टै उम्मेदवारी दर्ता गराएको छ।

त्यस्तै लोकतान्त्रिक समाजवादी र राप्रपाले पनि उम्मेदवारी दर्ता गराएको छ। उम्मेदवारी दर्ता गर्न दलका उम्मेदवार प्रतिनिधिहरु बाजागाजा सहित निर्वाचन कार्यालय पुगेका थिए।

निर्वाचन कार्यक्रम अनुसार पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका रहेको आयोगको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्