राजनीति

एमाले जग र जरा भएको पार्टी हो, मंसिरमा हुने उपचुनावमा देखाइदिन्छौं- ओली

१९ भाद्र २०८१, बुधबार २०:२०
एमाले जग र जरा भएको पार्टी हो, मंसिरमा हुने उपचुनावमा देखाइदिन्छौं- ओली

१९ भदौ, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र कतिपय नेता कार्यकर्तामा चारित्रिक विचलन देखिएको भन्दै पार्टी छाड्न वा मोजमस्तीमा लाग्न दुईमध्ये एक विकल्प दिएका छन् ।

पोलिटब्यूरो कमिटीको बैठक समापन गर्दै अध्यक्ष ओलीले पार्टीभित्र अनुशासनहीन, नैतिकहीन र चरित्रहीन गतिविधि बढेको विषय उठेपछि यस्तो विकल्प दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

ओलीको भनाइ उदृृत गर्दै गौतमले भने- एमाले यस्ता विषयमा प्रष्ट छ । अध्यक्षले प्रष्टसँग राजनीति गर्ने कि इन्जोय गर्ने ? एउटा विकल्प रोज्न भन्नुभएको छ । अनुशासनहीन र चरित्रहीन गतिविधिमा कसैलाई छुट छैन । त्यस्तै अध्यक्ष ओलीले पार्टीलाई बलियो, सुदृढ र निर्णायक शक्ति बनाउने उद्देश्य अनुसार अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सञ्चारकर्मीहरुलाई जानकारी दिए।

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने तथा तत्काल वामपन्थी एकता सम्भव नभएको पनि बताएका छन्।  बैठकको पहिला दिन महासचिव शंकर पोखरेलले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ प्रस्ताव पेस गरेका थिए। बैठकले १५ प्रस्ताव पारित पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्