मुख्य समाचार

परराष्ट्रमन्त्री राणालाई रास्वपा सांसद खनालका ६ प्रश्न

१८ भाद्र २०८१, मंगलवार १२:१७
परराष्ट्रमन्त्री राणालाई रास्वपा सांसद खनालका ६ प्रश्न

१८ भदौ, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले परराष्ट्रमन्त्री आरजु राणा देउवालाई ६ वटा प्रश्न गरेका छन्।

 प्रतिनिधिसभाको आज (मंगलबार) बसेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा एमाले सांसद आचार्यले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हात मिलाएरमात्रै उपलब्धि नहुने भन्दै के के विषयमा छलफल भएको हो भनि प्रश्न गरेका थिए ।

उनले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कहिले चल्छ भनेर प्रश्न गरेका छन्। हालै परराष्ट्रमन्त्री राणा भारत भ्रमणमा जाँदा हवाई रूटबारे भारतीय पक्षसँग के छलफल भयो भनेर पनि प्रश्न गरेका छन्। परराष्ट्रमन्त्री राणा भदौ २ गते भारत गएर भदौ ६ गते  स्वदेश फर्केकी थिइन्।

भारत भ्रमणको भ्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र समकक्षी एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्। ‘भैरहवा र पोखराको विमानस्थल कहिले चल्छ, मार्ग पाउँछ कि पाउँदैन? हवाई रूटबारे भ्रमणमा के छलफल भयो?,’ उनले प्रश्न गरे।

उनले प्रतिवेदनमा भारतको धारणा, भारतमा प्रस्तावित राजदूत शङ्कर शर्मालाई कार्यविधि मिचेर पुनः नियुक्ति दिएको भन्दै सरकारको जवाफ माग गरेका छन् । ‘राजदूत नियुक्तिमा हलुका जवाफ आयो, यसमा सरकारको के छ प्रतिक्रिया ?’, उनको प्रश्न छ ।

त्यस्तै उनले चक्रपथ निर्माणको कुरा बीआरआईसँग जोडिएको भन्दै बीआरआई के हो र चीनसँग गर्ने हरेक सम्झौता बीआरआई हुने हो र भनेर प्रश्न गर्दै बङ्गलादेशलाई विद्युत् विक्री गर्ने कुरा भारतसँग समेत जोडिएकाले यसबारे मन्त्रालयले के काम गर्दै छ भनेर प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्