समाचार

फोनपेले सुरु गर्‍यो बोहनी

१६ भाद्र २०८१, आईतवार १६:३१
फोनपेले सुरु गर्‍यो बोहनी

१६ भदौ, ललितपुर । फोनपेले पहिलो भुक्तानी (चलनचल्तीको भाषामा बोहनी) फोनपे क्यूआरको सुरुवात गरेको छ ।

यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने नगद परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ।

यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने कम्पनीले जनाएको छ । फोनपे क्यूआर मार्फत बोहनी स्वीकार गर्दा व्यवसायीहरूले बिहानको समयमा ससाना रकमको समस्याबाट मुक्ति पाउनुका साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् ।

अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लगइन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ । अभियान अवधिमा फोनपे क्यूआर मार्फत भुक्तानी लिएको हुनुपर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

फोनपेका चिफ बिजनेस अफिसर सुमित दासका अनुसार व्यवसायीहरूका लागि डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यावसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो । ‘हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी, नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्यूआर अपनाउन प्रोत्साहित गर्दछौँ । जसबाट व्यवसायीहरूले अझ बढी सुविधा, न्यूनतम् जोखिम र उच्च व्यावसायिक दक्षताको अनुभव गर्न सक्नेछन् ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्