समाचार

चिसो बढ्दै गएपछि धमाधम विद्यालय बन्द

२० पुष २०७८, मंगलवार १५:१३
चिसो बढ्दै गएपछि धमाधम विद्यालय बन्द

२० पुस, जनकपुरधाम । केही दिनदेखि प्रदेश २ का बढेको चिसो र शितलहरको कारण केही स्थानीय तहहरूले आफ्ना पालिकाहरूमा विद्यालयको बिदा दिएको छ

धनुषाका विभिन्न ३ वटा स्थानीयहरू क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोको मध्यनजर गर्दै उनीहरूले विद्यालयको बिदा दिएका हुन् ।  त्यसैगरि, पर्साका पनि विभिन्न ३ वटा स्थानीय तहले चिसोकै कारण विद्यालयको बिदा दिएको छ ।

पर्सा जिल्लाका ठोरी,धोबिनी र जिराभवानी गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयलाई बिदा दिएको छ । चिसोको कारण पुस २४ गतेसम्मका लागि सबै विद्यालयको पठनपाठन बन्द गराएको छ ।

अत्यधिक चिसोको कारण जनजीवन कष्टकर बन्दै गएपछि विद्यालयहरूको बालबालिकाको संख्यासमेत कम हुन थालेपछि मंगलबारदेखि ५ दिन सम्मको लागि विद्यालयहरूको पठनपाठन बन्द गराएको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले बताए ।

प्रतिक्रिया दिनुहोस्