प्रदेश

मुख्यमन्त्रीलाई ‘अविश्वसनीय छवि भएका’ भनेपछि…

१६ भाद्र २०८१, आईतवार १६:०५
मुख्यमन्त्रीलाई ‘अविश्वसनीय छवि भएका’ भनेपछि…

१६ भदौ, काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले तीस दिन भित्र विश्वासको मत लिने बताएका छन् ।

विराटनगरमा संचारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले नेकपा माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएकाले संविधान र कानुन अनुसार ३० दिन भित्र विश्वासको मत लिने बताए ।

सांसद चापागाईंले भने, “यो डेढ वर्षमा हाम्रो प्रदेशले ह्याट्रिकवाला तर, ननभिजिनरी र अविश्वसनीय छविका मुख्यमन्त्री ब्यहोरिरहेको छ । ह्याट्रिकवाला मुख्यमन्त्री, दुईतिहाइ बहुमतको सरकार आशा विश्वास र भरोसा छैन तर, शङ्काको सुविधा दिऔँ । अब प्रदेशले स्थायित्व पाँउछ ।”

उनले  प्रदेशको नाम परिवर्तन गर्न पनि दुई तिहाई बहुमत सरकारलाई आग्रह गरे । कांग्रेसका १४ जिल्लाका सभापतिहरुले प्रदेशको नाम जनभावना अनुसार संशोधन  गर्नुपर्ने माग गरेको स्मरण गर्दै उनले प्रदेशको नाम बहुपहिचानका आधारमा पुन राख्न माग गरे ।

‘प्रदेश नामकरणले उत्पन्न गरेको समस्या हल गर्ने उपयुक्त समय यहीँ हो, किनकी दुई तिहाइ बहुमतको सरकार तपाईँहरूसँग छ, प्रमुख प्रतिपक्षी दलसहित दल निसर्त साथ दिन तयार छन्’, उनले भने, ‘ त्यसैले बहुपहिचानका आधारमा प्रदेशको पुन नामकरणको निम्ती अघि बढ्न ध्यानाकर्षण गर्छु ।’

माओवादी सांसदले मुख्यमन्त्रीलाई अविश्वसनीय भनेपछि एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले त्यो शब्द रेकर्डबाट हटाउन माग गरे । त्यसपछि उठेर बोलेका सांसद चापागाईंले आफूले साङ्केतिक भाषा बोलेको जिकिर गरे भने सभामुख अम्बरबहादुर विष्टले प्रमुख सचेतक भण्डारीको मागप्रति गम्भीर भएको बताए भने आगामी दिनमा बोल्दा नियमावली विचार गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्