बलिउड

कंगनाको ‘इमर्जेन्सी’सेन्सर सर्टिफिकेटमा रोक लगाउन माग

१६ भाद्र २०८१, आईतवार १५:३८
कंगनाको ‘इमर्जेन्सी’सेन्सर सर्टिफिकेटमा रोक लगाउन माग

एजेन्सी। बलिउडमा अहिले अभिनेत्री कंगना रनौतको फिल्म ‘ इमर्जेन्सी’ को चर्चा चलिरहेको छ । यो फिल्ममा कंगनाले भारतका पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिएकी छिन् ।

फिल्ममा उनी भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन्। प्रदर्शन मिति नजिकिएसँगै फिल्मलाई लिएर विवाद आइरहेको छ। शिरोमणि अकाली दलको दिल्ली इकाइले कंगनाको फिल्म ‘इमरजेन्सी’ विरूद्ध जुलुस निकालेको थियो। दलले सेन्सर बोर्ड र कंगनाको प्रोडक्सन हाउसलाई नोटिस समेत पठाएको थियो।

योसँगै उनको फिल्मलाई सेन्सर सर्टिफिकेट दिइएको छैन। कंगनाले सामाजिक सञ्जालमार्फत फिल्मलाई सर्टिफिकेट नदिइएको गुनासो गरेकी हुन्।  ‘हाम्रो फिल्मले सेन्सर बोर्ड सर्टिफिकेट पाएको छ भन्ने हल्ला चलिरहेको छ, यो सत्य होइन। हाम्रो फिल्म सेन्सर बोर्डले पास गरेको थियो तर यसको सर्टिफिकेट रोकिएको छ। हामीलाई धेरै ठाउँबाट ज्यान मार्ने धम्की आएको थियो। सेन्सर बोर्डलाई पनि धम्की दिइएको थियो,’ उनले भनेकी छन्।

त्यस्तै तेलंगानामा पूर्व आईपीएस अफिसर तेजदीप कौरको नेतृत्वमा तेलंगाना सिख सोसाइटीका १८ सदस्यीय प्रतिनिधि मण्डलले सचिवालयमा सरकारी सल्लाहकार मोहम्मद अली शब्बीरले भेटघाट गर्दै इमर्जेन्सीको स्क्रिनिङमा प्रतिवन्ध लगाउने माग गरेको छ । रेवन्त रेड्डीले सिख समुदायका नेतालाई आश्वासन दिँदै राज्य सरकार कानूनी सल्लाह लिइरहेको र कंगनाको फिल्म इमर्जेन्सीलाई प्रतिवन्ध लगाउनेमाथि विचार गरिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्