खेलकुद

विश्वकप लिग–२ काे तयारी गर्न नेपाली टाेली श्रीलङ्का प्रस्थान

१६ भाद्र २०८१, आईतवार १५:३०
विश्वकप लिग–२ काे तयारी गर्न नेपाली टाेली श्रीलङ्का प्रस्थान

१६ भदौ, काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोली श्रीलङ्का प्रस्थान गरेको छ । श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको तीन वटा खेलको एकदिवसीय क्रिकेटका लागि नेपाली टोली आज श्रीलङ्का प्रस्थान गरेको हो । आईसीसी क्रिकेट विश्वकप लिग–२ को तयारीका लागि नेपाली टोली श्रीलङ्का गएको हो ।

नेपाल र श्रीलङ्का डेभलपमेन्ट स्क्वायडसँगको पहिलो खेल पर्सि मङ्गलवार हुनेछ । यस्तै दोस्रो खेल आउँदो बिहीवार र तेस्रो तथा अन्तिम खेल शनिवार हुनेछ । श्रीलङ्का भ्रमणका लागि रोहित पौडेलको कप्तानीमा १९ सदस्यीय टोली घोषणा भइसकेको छ ।

नेपाली टोलीले ३, ५ र ७ सेप्टेम्बरमा श्रीलंका डेभलपमेन्ट टोलीसँग खेल्नेछ। ४ दिन अभ्यास गर्नेछ। सन्दीप लामिछाने लगायतका केही खेलाडी भने क्यानडाको भिसा प्रकृयामा रहेकाले अहिले टोलीसँग नगएको क्यानले बताएको छ।

आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल ४ खेलमा २ अङ्कसहित सातौं स्थानमा छ । नेदरल्यान्ड्स ८ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ ।

श्रीलंका भ्रमण गर्ने १९ सदस्यीय टोली:
रोहित पौडेल, आसिफ शेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण के सी, गुल्सन झा, रिजन ढकाल, ललित नारायण राजवंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, दीपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने।

प्रतिक्रिया दिनुहोस्