समाचार

प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित

१६ भाद्र २०८१, आईतवार १५:२४
प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित

१६ भदौ, काठमाडौं। प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले कोशी र बागमती प्रदेशका धेरै स्थान र गण्डकी स्थानका एक–दुई स्थानका साथै बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

विमानस्थलका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् भने काठमाडौँबाट पोखराको उडान हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्