समाचार

मन्दिरबाट ऐतिहासिक मूर्ति चोरी गर्ने २ जना पक्राउ

२० पुष २०७८, मंगलवार १४:५७
मन्दिरबाट ऐतिहासिक मूर्ति चोरी गर्ने २ जना पक्राउ

२० पुस, काठमाडौं । ललितपुरको विभिन्न स्थानमा रहेका मठमन्दिर लगायतका सार्वजनिक स्थान पाटी पौवामा राखिएका विभिन्न देवीदेवताका ऐतिहासिक मुर्ति चोरी गर्ने दुइ जनालाइ महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा रामेछापको दोरम्बा गाउँपालिका–२ तल्लोकोट घर भइ हाल काठमाडौंको टोखा नगरपालिका–१० सामाखुसी बस्ने २३ वर्षीय नेशनल योञ्जन र ललितपुरको ललितपुर महानगरपालिका–२० न:टोल बस्ने ४५ वर्षीय सानुलाल महर्जन छन्।

गत बिहीबार राति गोदावरी नगरपालिका–३ टौखेलको पञ्चयिन मन्दिरबाट ढुँगाको बुद्धको मूर्ति चोरी गरी बिक्री गर्नको लागि बोकी हिँडिरहेको अवस्थामा शनिबार प्रहरीले मूर्तिसहित योञ्जन र उक्त मूर्ति खरिद गर्न लागेका महर्जनलाई ललितपुर महानगरपालिका–११ चाकुपाटबाट पक्राउ गरेको उनले बताए । चोरीमा संलग्न दुवै जनालाई थप अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्