समाचार

कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन: अध्यक्ष यादव

१५ भाद्र २०८१, शनिबार १९:४१
कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न सक्दैन: अध्यक्ष यादव

१५ भदौ, जनकपुरधाम ।  जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली कांग्रेस र कम्युनिष्टको भरमा अब देश चल्न नसक्ने बताएका छन् ।

जसपा नेपालको आधार संगठन निर्माण अभियानअन्तर्गत शनिबार जनकपुरधाममा आयोजित अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले कांग्रेस र कम्युनिष्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए ।

बहुदलीय व्यवस्था आएको ३५ वर्षमा ३० वर्षभन्दा बढी समय कांग्रेस र कम्युनिष्ट मिलेर देश चलाएको बताउँदै उनले विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिष्ट नै दोषी रहेको दाबी गरे ।

अध्यक्ष यादवले कांग्रेस र कम्युनिस्ट मिलेर देशलाई खोक्रो बनाएको आरोप लगाए। विकासका हरेक सूचक ध्वस्त हुनुमा कांग्रेस र कम्युनिस्ट नै दोषी रहेको उनको भनाइ छ।

उनले साना दलहरूलाई समाप्त पार्ने गरी देशमा समानुपातिक प्रणाली हटाउने षडयन्त्र भइरहेको दाबी गरे। संविधान संशोधनको नाममा समानुपातिक प्रणाली अन्त्य गर्ने षडयन्त्र भइरहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्