समाचार

दुर्घटनामा स्कुटर चालकको मृत्यु

१५ भाद्र २०८१, शनिबार १९:३३
दुर्घटनामा स्कुटर चालकको मृत्यु

१५ भदौ, काठमाडौं । काठमाडौंको कलंकीमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कलंकीस्थित सडकमा बा९५प ७६२५ नम्बरको स्कुटर वाग्मती प्रदेश ०१–००६ ख ४८७९ नम्बरको बसमा ठोक्किएर दुर्घटना हुँदा पाल्पा घर भई काठमाडौंमा बस्दै आएका ४४ वर्षीय विष्णुबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

स्कुटर चालक घर्तीमगर दुर्घटनामा गम्भीर घाइते भएका थिए । कलंकीस्थित नेपाल नेसनल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बा५२प ९६८० नम्बरको मोटरसाइकलले उक्त स्कुटरलाई ठक्कर दिएपछि अनियन्त्रित भई बसमा ठोक्किएको थियो ।

प्रतिक्रिया दिनुहोस्