समाचार

२४ घण्टामा कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

२० पुष २०७८, मंगलवार ११:५०
२४ घण्टामा कति थपिए काठमाडौं उपत्यकामा कोरोना संक्रमित ?

२० पुस, काठमाडौ । पछिल्लो २४ घण्टा यता काठमाडौँ उपत्यकामा मात्रै २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १५६ जना, भक्तपुरमा २१ जना र ललितपुरमा ४५ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा ९ हजार ३२९ जनाको  परीक्षण गर्दा ३९३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै यही अवधिमा २६३ जना डिस्चार्ज भएका छन्।  बितेको २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान समेत गएको छ।

प्रतिक्रिया दिनुहोस्