समाचार

विदेशि मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

१४ भाद्र २०८१, शुक्रबार ११:१९
विदेशि मुद्राको विनिमय दर, कुन बढ्यो कुन घट्यो ?

१४ भदौ, काठमाडौं। आज शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय तोकेको छ ।

जस अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.९० रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५० रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४८.५८ रुपैयाँ रहेको छ भने बिक्री दर १४९.२५ रुपैयाँ रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३२ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७३ पैसा तोकिएको छ।  यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ६६ पैसा र बिक्रीदर १७७ रूपैयाँ ४५ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ७४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ९० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६८ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८४ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४६ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार ३१ रूपैयाँ ०६ पैसा र बिक्रीमा ३१ रूपैयाँ २० पैसा पाइन्छ। साउदी रियाल एकको खरिद दर ३५.६८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८४ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्