समाचार

अमेरिकामा नेपाली छात्रालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ

१४ भाद्र २०८१, शुक्रबार १०:५८
अमेरिकामा नेपाली छात्रालाई गोली हान्ने सन्दीग्ध व्यक्ति पक्राउ

१४ भदौ, एजेन्सी । अमेरिकी प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्या अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ ।

हयुष्टन पुलिस डिपार्टमेन्टले ६३६३ वेष्ट एयरपोर्ट ब्लुवर्डमा गत सोमबार साँझ ५:३५ बजे पाण्डेको शव उनकै अपार्टमेन्टमा फेला पारेको थियो। प्रहरीलाई अपार्टमेन्टको स्टाफले फोन गरेर जानकारी दिएको र सोही जानकारीका आधारमा अपार्टमेन्टमा प्रहरी टोली सोमबार पुगेका जनाइएको छ।

त्यहाँ उनीहरूले गोलीको प्रहारपश्चात निधन भएकी एक युवतीको शव बरामद गरेका थिए। पछि उनीहरूले पाण्डे भएको जानकारी गराएका थिए। प्रहरीले बुधबार मात्र शंकास्पद व्यक्तिको तस्बिर सार्वजनिक गरेको थियो। सोही दिन साँझ संदिग्ध शाहलाई गिरफ्तार गर्न सफल भएका थिए।

पक्राउ परेकाको पहिचान भने खुलाइएको छैन । स्थानीय समय अनुसार शनिबार राति ९:४८ मुनाको घरबाट बाहिरिँदै गरेका एक पुरुषको सीसीटीभी फुटेज प्रहरीले सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्