नेपाली चलचित्र

आजबाट हलमा ‘वर एण्ड वधु’

१४ भाद्र २०८१, शुक्रबार १०:३८
आजबाट हलमा ‘वर एण्ड वधु’

काठमाडौं । चलचित्र ‘वर एन्ड बधु’ आजदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आएको छ ।

मिलन चाम्सको निर्देशनमा बनेको यो चलचित्रमा हाँस्य, प्रेम, धोका, र पारिवारिक संवेदना समेटिएका छन् । यो चलचित्रले विशेषतः युवा पुस्तालाई लक्षित गरेको छ, जसमा नेपाली समाजको विवाह संस्कृतिलाई रमाइलो तरिकामा प्रस्तुत गर्ने प्रयास गरेको छ ।

यस फिल्ममा नायक विजय लामा, नायिका गरिमा शर्मा, कलाकार हिमेश पन्त, हास्य कलाकार किरण केसीलगायतको अभिनय रहेको छ । विवेकको यो डेब्यू फिल्म हो ।

मिलन चाम्सले निर्देशन गरेको यो फिल्म रोमनिया, इटाली र फ्रान्समा छायांकन भएको बताइएको छ । यो फिल्म प्रदीप भारद्वाजले लेखेका हुन् । एलआरे इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा जानुका थापाको लागनी रहेको छ ।

अघिल्लो साता प्रदर्शनमा आएका दुई फिल्म ‘नमेटिने घाउ’ र ‘सतिदेवी’ पनि हलमा चलिरहेका छन् । आज यी  दुवै फिल्मले कम शो पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्