समाचार

राष्ट्रपति पौडेलले आज भक्तपुरमा नागरिकसँग संवाद गर्ने

१४ भाद्र २०८१, शुक्रबार १०:३२
राष्ट्रपति पौडेलले आज भक्तपुरमा नागरिकसँग संवाद गर्ने

१४ भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल हरेक महिनामा एक दिन सार्वजनिक स्थलमा पुग्ने सार्वजानिक स्थलमा राष्ट्रपति भन्ने कार्यक्रम तय भएको छ ।

‘सार्वजनिक स्थलमा राष्ट्रपति’ कार्यक्रमअन्तर्गत महिनाको एक दिन सार्वजनिक स्थलमा पुग्ने तय भएको हो। यही कार्यक्रमअन्तर्गत पहिलो पटक शुक्रबार उनी भक्तपुर दरबार क्षेत्र पुग्नेछन्।

राष्ट्रपति पौडेल बिहान साढे ११ बजे भक्तपुर दरबार क्षेत्रमा पुग्नेछन् भने त्यहाँ उनले आम नागरिकसँग संवाद गर्नुका साथै स्थानीयहरूको गुनासो पनि सुन्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्