समाचार

नयाँ मुख्यसचिव नियुक्तिको तयारीमा सरकार

१३ भाद्र २०८१, बिहीबार १७:००
नयाँ मुख्यसचिव नियुक्तिको तयारीमा सरकार

१३ भदौ,काठमाडौं। सरकारले एकनारायण अर्याललाई मुख्य सचिव बनाउने तयारी गरेको छ।

प्रधानमन्त्री कार्यालय निकट स्रोतका अनुसार, बिहीबार अपरान्ह बस्ने मन्त्रिपरिषद् बैठकले अर्याललाई निमित्त मुख्य सचिवको जिम्मेवारी दिँदै मुख्य सचिव बनाउन लागेको हो।

‘आज निमित्तको जिम्मेवारी दिनेगरी तयारी छ,’ स्रोतले अर्यालको नाम पुष्टि गर्दै छ । ‘त्यसपछिको प्रक्रिया अनुसार मुख्य सचिव बन्नुहुन्छ।’हालकी मुख्य सचिव लिलादेवी गड्तौला उमेर हदका कारण आगामी भदौ १५ (शनिबार) बाट अनिवार्य अवकाशमा जाँदैछिन्।

सरकारले नयाँ मुख्यसचिव नियुक्तिको तयारी थालेको छ । मुख्यसचिव लीलादेवी गड्तौलाको कार्यकाल १४ भदौ अर्थात् भोलि सकिने भएकाले सरकार नयाँ मुख्यसचिवको नियुक्तिको तयारीमा लागेको हो ।

प्रतिक्रिया दिनुहोस्