समाचार

डा. शेखर कोइरालाले आफूनिकट नेताहरुको बैठक बोलाए

२० पुष २०७८, मंगलवार ११:४५
डा. शेखर कोइरालाले आफूनिकट नेताहरुको बैठक बोलाए

२० पुस, काठमाडौं ।  नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आफूनिकट नेताहरुको बैठक बोलाएको छन्।

आज अपरान्ह कोइरालासहित १४ औं महाधिवेशनमा उनको प्यानलबाट पदाधिकारी तथा केन्द्रीय सदस्य उम्मेदवार बनेका नेताहरू अनुपम फुडल्याण्डमा छलफलमा जुटेका हुन्।

जारी बैठकमा उपसभापति धनराज गुरूङ, उपसभापतिमा पराजित चन्द्र भण्डारी, महामन्त्री गगन थापा, महामन्त्रीमा पराजित मिनेन्द्र रिजाल, केन्द्रीय सदस्यहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी छन्।

१४ औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवासँग पराजित नेता कोइरालाले बैठक बोलाउनुको कारण खुलेको छैन। तर, उनका सहयोगी दिनेशचन्द्र थपलियाले बैठक नै नबोलाइएको दाबी गरेका छन्।

देउवाले मनोनीत गर्ने ३३ जनामध्ये १३ जना केन्द्रीय सदस्य मनोनीत गरिसकेका छन्। तर उपसभापति र महामन्त्रीमा पराजित भएका शेखर पक्षका नेतालाई देउवाले मनोनीत गरेका छैनन्।

प्रतिक्रिया दिनुहोस्