शिक्षा

सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्छौं: मन्त्री भट्टराई

१३ भाद्र २०८१, बिहीबार १२:५४
सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्छौं: मन्त्री भट्टराई

१३ भदौ, काठमाडौं।बिहीबार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताएकी हुन् ।

बिहीवार ललितपुरमा आयोजित ‘नेशनल सेमिनार अन एजुकेशन एण्ड इम्प्लइमेन्ट लिङ्केज’ मा बोल्दै मन्त्री भट्टराईले विश्व बजारमा प्रतिष्पर्धी जनशक्ति तयार गर्नका लागि सबै तहमा पाठ्यक्रम परिमार्जन गर्नुपर्ने बताउनुभएको हो ।

‘सीटीइभीटीलाई हामीले पुनःसंरचना गर्नुपर्छ । ०४५ सालको आवश्यकता आज ०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ । नयाँ ढंगले निर्माण गरेका छैनौं। त्यही नीतिबाट मार्गदर्शक छौं । म आएपछि पुनःसंरचना गर्ने सोचेँ । सीटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुनःसंरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ’ उनले भनिन् ।

‘सिटीइभिटीलाई हामीले पुन:संरचना गर्नुपर्छ । ०४५ सालको आवश्यकता आज ०८१ सालसम्म आइपुग्दा त्यही संस्थागत मूल्य, त्यही नीति । जसलाई अहिले पनि हामीले ऐनलाई खास संशोधन गरेका छैनौँ । नयाँ ढंगले निर्माण गरेका छैनौँ । त्यही नीतिबाट मार्गदर्शिक छौँ । म आएपछि सिटीईभिटीलाई पुन:संरचना गर्ने सोचेँ । सिटीइभिटीलाई अहिलेको अवस्थामा यसको पाठ्यक्रम र पुन:संरचनाको लागि दुईवटा टिम बनाएर हामीले जिम्मेवारी दिएका छौँ । पाठ्यक्रममा उद्यमशिलतामा काम गरिरहेको हाम्रो पंक्तिलाई कसरी जोड्ने ?हामीले हिजोसम्म भन्ने गरेउ, नेपालीहरु पढ्ने यहाँ । तर अन्तर्राष्ट्रिय श्रम बजारमा जान सक्षम जनशक्ति तयार गर्छौ भन्यौँ हामीले । त्यहाँ नै हामी गलत भयौँ । हामीले नेपालको लागि कस्तो जनशक्ति चाहिन्छ भनेर प्रक्षपण त बारम्बार गर्‍यौँ ।’

‘तर हामीले के भन्यौँ भने हाम्रो शिक्षण संस्थाले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्ने, अन्तर्राष्ट्रिय श्रम बजारमा गएर बिक्ने जनशक्ति तयार गर्नुपर्छ भन्ने कुरा कहिल्यै पनि भन्न छोडेनौँ । तर मलाई लाग्छ साँच्चिकै शिक्षालाई सबल बनाउने हो भने प्रतिष्पर्धी जनशक्ति तयार गर्न सक्नुपर्छ । ग्लोवल टु लोकल र लोकल टु ग्लोबल कसरी लिङ्केज स्थापित गर्ने ?त्यसका लागि हामीसँग भएको जनशक्ति जसले पहिले राष्ट्रमा योगदान दिनसक्दा मात्रै उसले अन्तर्राष्ट्रिय रुपमा पनि योगदान गर्नसक्छ ।

त्यो खालको योगदान दिनसक्ने जनशक्ति कसरी तयार गर्ने भन्ने कुरामा अब हाम्रो बहश जानुपर्छ । अब शिक्षा मन्त्रालयले हाम्रो पाठ्यक्रमलाई पूरै परिमार्जन गर्नुपर्छ चाहे त्यो जनरल एजुकेशनको होस् । चाहे त्यो साइन्सको होस्, चाहे टेक्नीकल एजुकेशनको होस् । सबै पाठ्यक्रमहरुलाई परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले नै हामी अगाडी बढेका छौँ ।’

प्रतिक्रिया दिनुहोस्