समाचार

सुनको मूल्यमा नयाँ रेकर्ड

१३ भाद्र २०८१, बिहीबार ११:१८
सुनको मूल्यमा नयाँ रेकर्ड

१३ भदौ, काठमाडौं। नेपाली बजारमा सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

विहिबार सुन तोलाको एक सयले बढेर तोलामा एक लाख ५३ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बुधबार सुनको मुल्य १ लाख ५३ हजार एक सयमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । बुधवार तोलामा १ हजार ८५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १ हजार ८३० रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्