समाचार

महामन्त्रीद्वय थापा र शर्मासँग पुनः बस्दै देउवा

१३ भाद्र २०८१, बिहीबार ११:१२
महामन्त्रीद्वय थापा र शर्मासँग पुनः बस्दै देउवा

१३ भदौ, काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासँग पुनः छलफल गर्दैछन् ।

केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बूढानीलकण्ठ बोलाएका हुन् ।सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । तर‚ सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए ।

पार्टी बैठकमा महामन्त्री थापाले आगामी निर्वाचनदेखि कसैसँग पनि गठबन्धन गर्न नहुने र अर्का महामन्त्री शर्माले नेताहरू एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकभन्दा बढी सांसद बन्न नपाउने प्रस्ताव अगाडि सारेको विषय अहिले कांग्रेसमा हलचल नै सिर्जना भएको छ ।

सभापति देउवाले यी प्रस्तावलाई परिमार्जित गर्न चाहेको बताइन्छ । सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । तर‚ सहमति जुट्न सकेन । महामन्त्री शर्माले अगाडि सारेको प्रस्ताव पारित भएमा देउवाका लागि अब प्रधानमन्त्री हुने बाटो बन्द हुनेछ । सभापति देउवाले महामन्त्रीसँगै उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङलाई पनि बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्