अर्थ / वाणिज्य

गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक अवार्ड’बाट सम्मानित

१३ भाद्र २०८१, बिहीबार ११:०१
गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक अवार्ड’बाट सम्मानित

काठमाडौँ। गरिमा विकास बैंक ‘सम्पत्ति गुणस्तरमा सर्वश्रेष्ठ बैंक अवार्ड’ बाट सम्मानित भएको छ।

भारतको नयाँ दिल्लीमा भारतीय चेम्बर अफ कमर्सद्धारा आयोजित दोस्रो आईसीसी इमर्जिङ एशिया बैंकिङ अवाड्र्समा गरिमा विकास बैंक सम्पत्ति गुणस्तर मा सर्वश्रेष्ठ बैंक अवार्डबाट सम्मानित भएको हो।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो। उक्त अवार्ड कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई दिने गरिन्छ।

यो अवार्ड प्राप्त गरेसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको जनाएकाे छ। कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्