प्रविधि

ओप्पोद्वारा फ्युचरिस्टिक फ्लुइड डिजाइनमा नयाँ रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ?

१२ भाद्र २०८१, बुधबार २०:१३
ओप्पोद्वारा फ्युचरिस्टिक फ्लुइड डिजाइनमा नयाँ रेनो१२ सार्वजनिक, कति पर्ला मूल्य ?

१२ भदौ, काठमाडौं । ओप्पोले नयाँ एआई फोन रेनो१२ नेपाली बजारमा सार्वजनिक गरेको छ । यो मोडल ओप्पोको लोकप्रिय रेनो श्रृंखलामा नयाँ अध्यायको रूपमा सार्वजनिक भएको हाे ।

एआई फोनको परिकल्पनालाई तिव्र बनाउन ओप्पोको लागि यसले इन्डस्ट्री–लिडिङ जेनएआई विशेषताहरू सहित उत्पादनशीलता र सिर्जनशीलताको नयाँ सम्भावनाहरू खोल्नेछ ।

दैनिक प्रयोगमा गरिने सबै प्रकारको काम र टिकाउको लागि डिजाइन गरिएको यो नयाँ शृंखलामा मिलिटरी–ग्रेड प्रतिरोध र मल्टिपल लिक्विड रेसिस्टेन्सको साथ ड्यामेज पु्रफ बडी साथै लामो समय टिक्ने ५१०० एमएएच ब्याट्री र ४५ वाट  फ्ल्यास चार्ज समावेश रहेको बताइएको छ । जसको प्रयोग चार वर्षसम्म हुने कम्पनीको भनाइ छ ।

थप सुविधाहरू १००० निट्स अल्ट्रा ब्राइट डिस्प्ले, अल्ट्रा भोल्युम मोड, स्न्यापड्रागन टक ४जी एचजी१ मोबाइल प्लेटफर्म, पर्याप्त मेमोरी र स्टोरेज सहितको ओप्पो ए३ सँग गेमिङदेखि भिडियो स्ट्रिमिङसहित सबै मनोरञ्जन अनुभवलाई उत्कृष्ट बनाउने बताइएको छ ।

यी दुई मोडलहरुमा ४एनएम मिडियाटेक डाइमेन्सिटी ७३००–एनर्जी मोबाइल प्लेटफर्म पनि छ जसले विशेष पावर दक्षता प्रदान गर्दछ । ओप्पोको ८० वाट सुपरभोक्टम फ्ल्यास चार्ज प्रविधि र रेनोे सिरिजको इतिहासमा सबैभन्दा उच्च इनर्जी डेन्सिटी ५००० एमएएच् ब्याट्री सहित नयाँ रेनो१२ ले अल्ट्रा–लङ्ग ब्याट्री लाइफ, फास्ट चार्जिङ, र चार वर्षसम्मको ब्याट्री लाइफ सुनिश्चित गर्दछ, साथै रेनो सिरिजको प्रयोगात्मक, टिकाउपन, र ट्रेन्ड–सेटिङ शैली जारी राखि रहनेछ ।

रेनो१२ मा दैनिक प्रयोगका लागि विशिष्ट जेनएआई सुविधाहरू समेटेको छ जसमा अपडेट गरिएको एआई इरेजर समावेश छ, यसको मद्दतले प्रयोगकर्ताहरूल अनावश्यक व्यक्तिहरू र वस्तुहरूको पहिचान गरी फोटोमा संयोगवश आएका अनिच्छित व्यक्तिहरूलाई सजिलैसँग हटाउन सक्छन् ।

यसका साथै, रेनो१२ मा ग्रुप फोटोहरूलाई अझ राम्रो बनाउन डिजाइन गरिएको दुई एआई सुविधाहरू पनि समावेश गरिएको छ । एआई क्लियर फेसले ग्रुपको सबै व्यक्तिहरूलाई, क्यामेराबाट टाढा रहेका व्यक्तिहरूसम्म स्पष्टताका साथ कैद गर्दछ र अनुहारको आकृति, कपाल, र आँखीभौहरु जस्ता विवरणहरूलाई पुर्नस्थापित गर्दछ । अर्को तर्फ, एआई बेस्ट फेसले फोटोमा बन्द व्यक्तिहरूको आँखालाई पहिचान गर्न सक्छ र परिष्कृत जेन आई प्रविधिको प्रयोग गरेर तिनीहरूलाई सुधार्न सकिन्छ, जसले गर्दा कुनै पनि ग्रुप फोटो बेकार जाँदैन ।

नयाँ ओप्पोमा ५१०० एमएएच् ब्याट्री समावेश छ । जसले दैनिक काम र मनोरञ्जनका लागि विस्तारित ब्याट्री लाइफ प्रदान गर्दछ । त्यसबाहेक, यो ब्याट्रीमा १६०० चार्ज साइकल रहेको छ र यो यसको सुरुआतको भन्दा ८० प्रतिशतभन्दा बढी क्षमता कायम राख्दछ । औसत प्रयोगका लागि चार वर्षभन्दा बढीे समयको लागि उत्कृष्ट ब्याट्री क्षमता प्रदान गर्दछ । ओप्पो ए३मा ६ जीबी र्‍याम प्लस १२८ जीबी रोम र ८जीबी र्‍याम र २५६ जीबी रोम स्टोरेज भएका दुई फोन छन् ।

प्रतिक्रिया दिनुहोस्