समाचार

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

२० पुष २०७८, मंगलवार १०:१२
प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने महिलामाथि गोली प्रहार

२० पुस, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने एक महिलामाथि गोली प्रहार भएको छ। रिता यादव नाम गरेकी महिलाले उत्तर प्रदेशको सुल्तानपुरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री मोदीलाई कालो झन्डा देखाएकी थिइन्।

गोली उनको खुट्टामा लागेको थियो, त्यसपछि घाइते अवस्थामा उनलाई नजिकको सिएचसी लम्बुवा अस्पतालमा भर्ना गरिएको थियो ।त्यसपछि थप उपचारका लागि सुल्तानपुर जिल्ला अस्पतालमा अहिले उपचार भैरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

गत नोभेम्बर १६ मा प्रधानमन्त्री मोदीले पूर्वाञ्चल एक्सप्रेस-वे उदघाटन समारोहलाई सुल्तानपुरमा सम्बोधन गरिरहेको बेला रिता यादवले कालो झण्डा देखाएकी थिइन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएर दुई दिनपछि छाडेको थियो ।

सो घटना भएको एक महिनापछि उनी कांग्रेसमा प्रवेश गरेकी थिइन् । उनी त्यसअघि सुल्तानपुरमा प्रखर सामाजिक कार्यकर्ताको रुपमा परिचित थिइन् ।

प्रतिक्रिया दिनुहोस्