समाचार

सवारी दुर्घटना न्युनिकरणमा परिणाममुखि काम गर्न गृहमन्त्रीको निर्देशन

१२ भाद्र २०८१, बुधबार १९:४८
सवारी दुर्घटना न्युनिकरणमा परिणाममुखि काम गर्न गृहमन्त्रीको निर्देशन

१२ भदौ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सडक दुर्घटना न्यूनीकरणका लागि सबैले आ–आफ्नो ठाउँमा काम गर्नुपर्ने बताएका छन् ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार सवारी दुर्घटनाका कारण दैनिक चार जना घाइते हुने गरेका छन्। गृहमन्त्री रमेश लेखकले बुधवार सुरक्षा निकायका प्रमुख, सडक विभागका महानिर्देशक, सडक सुरक्षा परिषद्का अध्यक्ष, राष्ट्रिय यातायात व्यवसायी महासङ्घ लगायतका प्रतिनिधिहरूसँग सडक दुर्घटनाको अवस्थाबारे छलफल गरेका थिए।

छलफल कार्यक्रममा मन्त्री लेखकले सबैले काम गरे पनि लक्षित परिणाम हासिल नभए त्यसको प्रभाव नहुने भन्दै सडक दुर्घटना घटाउन केन्द्रित हुन निर्देशन दिएका थिए।

घटस्थापना आउन ३५ दिन बाँकी रहेको भन्दै चाडपर्वमा विशेष व्यवस्था मिलाउन समेत निर्देशन दिए । ‘काउन्टर खोलेर टिकट वितरण गर्नुका साथै रात्रीबसमा दुई जना चालक राख्नुपर्छ । मापसे र लापसे जाँचमा कडाइ गर्ने काम थाल्नुपर्छ’, उनले भने ।

यसपालिको दसैंलाई दुर्घटनारहित बनाउनुपर्नेमा गृहमन्त्रीले जोड दिए । ‘सार्वजनिक यायातात सुव्यवस्थित बनाउनुहोस्, यो पालिको दसैंमा दुर्घटनारहित बनाऔं,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्