राजनीति

एकीकृत समाजवादीका १७ पदाधिकारी निर्वाचित

१२ भाद्र २०८१, बुधबार ०८:५७
एकीकृत समाजवादीका १७ पदाधिकारी निर्वाचित

१२ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १७ पदाधिकारी निर्वाचित भएका छन्।

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्रप्रसाद पाण्डे चयन भएका छन्। उनी मंगलबार नै निर्विरोध निर्वाचित भएका हुन्। बुधबार बिहान सम्पन्न मतगणनामा बाँकी पदाधिकारी निर्वाचित भएका हुन्। एकीकृत समाजवादीका १७ पदाधिकारीका लागि ६७ जनाले उम्मेदवारी दिएका थिए।

गत असार १६ देखि २० गतेसम्म काठमाडौंस्थित प्रज्ञा भवनमा सम्पन्न दशौं महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिव चयन गरेको थियो। पदाधिकारीका लागि मंगलबार मतदान भएको हो।

पदाधिकारीको सूची :

वरिष्ठ उपाध्यक्ष:
१) राजेन्द्र प्रसाद पाण्डे (सर्वसम्मत)

उपाध्यक्षहरु :
१) जयन्ती राइ (पूर्व उपाध्यक्ष),
२) धर्मनाथ शाह (पूर्व उपाध्यक्ष)
३) प्रकाश ज्वाला (पूर्व उपमहासचिव)
४) जगन्नाथ खतिवडा (पूर्व उपमहासचिव)
५) गंगालाल तुलाधर (पूर्व उपमहासचिव)
६) भानुभक्त जोशी

उप- महासचिव:
१) गरिमा शाह (पूर्व सचिव)
२) राजेन्द्र राइ (पूर्व सचिव)
३) मेटमणि चौधरी
४) रामकुमार भट्टराई

समावेशी सचिव:
१) बलदेव चौधरी
२) गणेश विक

खुल्ला सचिव:
३) शेरबहादुर कुँवर
४) चन्द्रबहादुर शाही
५) सोमप्रसाद पाण्डे
६) सावित्रा भुसाल
७) श्रीनाथ बराल

प्रतिक्रिया दिनुहोस्