राजनीति

प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री सक्रिय, गृहसचिवलाई दिए निर्देशन

१२ भाद्र २०८१, बुधबार ०८:३३
प्रकाश तामाङलाई नागरिकता दिलाउन प्रधानमन्त्री सक्रिय, गृहसचिवलाई दिए निर्देशन

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश तामाङलाई नागरिकता दिलाउन सक्रियता देखाएका छन् । उनको वास्तविकताले सबैको मन छोइरहेका बेला प्रधानमन्त्रीले तत्काल नागरिकता दिलाउन पहल गरेका हुन् ।

तामाङलाई सबैभन्दा पहिले नागरिकताको आवश्यकता रहेको भन्दै प्रधानमन्त्री ओलीले मंगलबार राति नै गृह सचिव एकनारायण अर्याललाई बोलाएर नागरिकताको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

प्रधानमन्त्री ओलीका अनुसार गृह सचिव अर्यालले दुई/चार दिनभित्रमै नागरिक दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाएका छन्। यसबारे तामाङलाई पनि जानकारी दिइसकिएको छ।

प्रधानमन्त्री ओलीले नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने उल्लेख गरेका छन् । ‘नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो,’ उनले अगाडि भनेका छन्, ‘उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

प्रतिक्रिया दिनुहोस्