राजनीति

भदौ १६ गतेलाई सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

११ भाद्र २०८१, मंगलवार १५:५७
भदौ १६ गतेलाई सर्‍यो कांग्रेस केन्द्रीय समिति बैठक

११ भदौ, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सारिएको छ । बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनमा चर्को विवाद भएपछि बैठक सारिएको हो ।

बूढानीलकण्ठमा मंगलबार पनि सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच प्रस्तावका कतिपय विषयमा केन्द्रित रहेर छलफल गरेका थिए। कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै १६ गते २ बजे बस्ने जानकारी दिएका हुन् ।

साउन २३ गते सुरु भएको बैठकमा अब सभापति, उपसभापति र महामन्त्रीले मात्रै बोल्न बाँकी छ । पार्टीका पाँच शीर्ष नेताले बोलेपछि महासमिति बैठकमा आएको सुझावलाई समेटेर परिमार्जित भएर आएको प्रतिवेदन पारित गर्ने कांग्रेसको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्