प्रवास

कंगना रनौतलाई भाजपाले किन दियाे चेतावनी?

११ भाद्र २०८१, मंगलवार १५:३२
कंगना रनौतलाई भाजपाले किन दियाे चेतावनी?

एजेन्सी। भाजपाकी सांसद कङ्गना रनौतको पार्टीले उनको हालैको बयानबाट आफूलाई टाढा राखेको छ। पार्टीले कंगनालाई चेतावनी दिँदै भनेको छ कि कंगना रनौत नीतिगत मामिलामा बयान दिन अधिकृत छैनन्।

कंगनाको अभिव्यक्तिका कारण भाजपाले विज्ञप्ति नै जारी गरेर उनको भनाइ पार्टीको आधिकारिक धारणा नभएको स्पष्टीकरण दिनुपर्यो। साथै पार्टीले उनलाई आफ्नो बाेलीमा लगाम लगाउन समेत निर्देशन दिएको छ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा कंग्रेस नेतृ सुप्रिया श्रीनेटले भनिन्- तपाईंको पार्टी सहमत छैन भने त्यस्तो सांसदलाई निष्कासन गर, मनबाट माफी दिने राजनीति २०२४ मा चल्दैन।

उनले थपिन्-  गोडसेका पुजारीलाई प्रज्ञा ठाकुरले मनबाट माफ गर्न सकेनन्, अब यो हाम्रो विचार होइन भन्दै छुट्न दिँदैनौं, किसानविरुद्ध यसरी बोल्नेलाई देशको संसद्‌मा बस्ने अधिकार छैन।

सोमबार दिउँसो भाजपाले कंगना रनौतलाई कडा निर्देशन दिँदै भविष्यमा यस्तो कुनै पनि बयान नगर्न चेतावनी दिएको छ। हालै हिमाचल प्रदेशको मण्डी सिटबाट निर्वाचित भाजपा सांसद कंगना रनौतले किसान आन्दोलनका विषयमा विवादास्पद बयान दिएकी थिइन्।

उनले भनेका थिए, ‘बिजेपी सांसदले किसानलाई बलात्कारी, हत्यारा र विदेशी शक्तिका प्रतिनिधि भन्नु बीजेपीको किसान विरोधी नीति र नियतको प्रमाण हो। अन्नदाताको इज्जत र मर्यादामाथि आक्रमण गरेर मोदी सरकारले किसानलाई गरेको धोका लुकाउन सकिँदैन।’

एक भारतीय अखबारलाई दिएको अन्तर्वार्तामा कंगनाले पञ्जाबमा किसान आन्दोलनको नाममा बदमासहरुले हिंसा फैलाइरहेको आरोप लगाएकी थिइन्। उनले भनेकी थिइन्, ‘त्यहाँ बलात्कार र हत्याहरू भइरहेका थिए। हाम्रो शीर्ष नेतृत्व बलियो नभएको भए आन्दोलनकै क्रममा पञ्जाब पनि बंगलादेशमा परिणत हुने थियो। किसान विधेयक फिर्ता नलिएको भए उनीहरूले देशमा जे पनि गर्न सक्थे।’

प्रतिक्रिया दिनुहोस्