राजनीति

रास्वपाको कारबाहीपछि मुकुलले भने : अब नैतिकताका आधारमा रविले पनि राजीनामा दिनुपर्छ

११ भाद्र २०८१, मंगलवार १२:३०
रास्वपाको कारबाहीपछि मुकुलले भने : अब नैतिकताका आधारमा रविले पनि राजीनामा दिनुपर्छ

११ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्वमहामन्त्री मुकुल ढकाललाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी निष्काशन गरेको छ। मंगलबार बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको हो।

उनले भनेका छन्- ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कासन गर्ने अधिकार क्लबलाई छैन । न्यायिक निकायले क्लबको कारबाहीलाई बदर गरेपछि, नैतिकताको आधारमा रवि लामिछानेले पार्टीको साधारण सदस्यबाट राजीनामा दिनपर्छ ।’

उनले रविलाई नैतिकरूपमा पतित व्यक्ति भएको आरोप लगाएका छन्। ‘नैतिकरूपले पतित पात्र रवि लामिछानेबाट मैले नैतिकताको अपेक्षा त गर्न नमिल्ला, तर पनि उनी कतिसम्म पतित रहेछन्, हेर्दै जाउँला, समयले पुष्टी गर्दै जानेछ।’ उनले भनेका छन्। उनले सहकारी प्रकरणका सवालमा रविले जनतालाई भ्रमित पार्दै भाषणबाजी गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्