समाचार

माओवादीले तय गर्‍यो राष्ट्रियसभाका उम्मेदवार

२० पुष २०७८, मंगलवार ०९:३९
माओवादीले तय गर्‍यो राष्ट्रियसभाका उम्मेदवार

२० पुस, काठमाडौँ। सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले  राष्ट्रियसभा सदस्यको उम्मेदवार टुङ्गो लगाएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका तर्फबाट आज पाँच जनाको नामावली टुङ्गो लगाएका हुन ।

अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार प्रदेश नं २ मा उर्मिला अर्याल, गण्डकीमा अन्य समूहबाट सुरेश आलेमगर र दलितबाट भरत सुनार, कर्णालीमा अपाङ्गता अल्पसङ्ख्यकबाट नरबहादुर विष्ट र सुदूरपश्चिममा दलित कोटामा जगत पार्कीलाई उम्मेदवार बनाउने निर्णय भएको हो ।

सोमबार बसेको माओवादीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभा सदस्यका उम्मेदवार छनोट गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही आधारमा अध्यक्षले आज उम्मेदवारको टुङ्गो लगाएको उनले सचिवालयले पुष्टि गरेको हो ।

राष्ट्रियसभाको रिक्त हुन लागेको १९ सिटमा आज मनोनयन दर्ता गर्ने कार्यक्रम निर्वाचन आयोगले तय गरेको छ । आगामी माघ १२ गते निर्वाचन हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्