समाचार

खोटाङमा पोखरीमा डुबेर एउटै घरका दुई बालबालिकाको ज्यान गयो

११ भाद्र २०८१, मंगलवार ०८:२९
खोटाङमा पोखरीमा डुबेर एउटै घरका दुई बालबालिकाको ज्यान गयो

११ भदौ, खोटाङखोटाङमा पोखरीमा डुबेर एउटै घरका दुई बालबालिकाको ज्यान गएको छ ।

हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारका गयन्द्र राई र ममता राईका ६ वर्षका छोरा सङ्गम राई र साढे २ वर्षकी छोरी समृद्धि राईको सिँचाइ पोखरीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

बालक दाजु बहिनी दिउँसो २ बजे घरबाट हराएका थिए । आमा ममताले खोज्दै जाँदा बेलुका ६ बजेतिर पोखरीमा डुबिरहेको अवस्थामा बच्चाहरूलाई भट्नु भएको थियो । सामान्य हात खुट्टा चलाइरहेको अवस्थामा भेटिएका दुवै जनालाई आमाले घर ल्याएको प्रहरीको भनाइ छ । घरमा ल्याउने बित्तिकै दुवै जनाको ज्यान गएको जानकारी पाएको डिएसपी पुरुषोत्तम खड्काले बताए ।

घरमा छोराछोरी नदेखेपछि आमा ममिता राई जोखबिनमा लागेकी थिइन्। खोज्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला पारेकी थिइन्। हातखुट्टा चलाउँदै गरेको अवस्थामा पोखरीबाट निकालेर घर ल्याउँदा ज्यान गएको प्रहरीले जनाएको छ।

यो पोखरी वर्ष दिनअघि बनाइएको थियाये। घेराबार लगाइएको छैन। जसले गर्दा बालबालिका पोखरीमा ज्यान गएको स्थानीय बासिन्दाको भनाइ छ।संगम गाउँकै कलंका आधारभूत विद्यालयमा कक्षा २ र मा संमृद्धि कक्षा १ मा अध्ययनरत थिए। सोमबार सार्वजनिक बिदा भएकाले घरमै थिए।

उनीहरुका बुवा गइन्द्र राई बैदेसिक रोजगारीमा विदेश छन्। दुवै सन्तानको ज्यान गएपछि आमा होसमा आउन सकेकी छैनन्। गाउँ नै शोकमा डुबेको छ।

प्रतिक्रिया दिनुहोस्