प्रविधि

नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य

१० भाद्र २०८१, सोमबार ०९:००
नयाँ भर्जनमा आयो बीवाईडी एट्टो ३, यस्ता छन् प्रविधि, डिजाइन र मूल्य

१० भदौ, काठमाडौँ। नेपालमा बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लन्च गरेको छ।

काठमाडौंको दरबारमार्गमा आयोजित कार्यक्रममा साइमेक्स इंकले उन्नत प्रविधि, परिस्कृत डिजाइन र अल न्यु बीवाईडी एप सहित २०२४ भर्सनको बीवाईडी एट्टो ३ औपचारिक रुपमा लञ्च गरेको जनाएको छ ।

उक्त एपले गाडीधनीको ड्राइभिङ अनुभवलाई सहज तरिकाले नियन्त्रण प्रदान गर्न सहयोग गर्ने, एपमार्फत गाडीको रेन्ज, पावर लेभल चेक, टायर प्रेसर चेक गर्न र गाडीका ढोका तथा झ्याल बन्द भए वा नभएकोबारेमा थाहा पाउन सकिने कम्पनीको जारी विज्ञप्तिमा उल्लेख छ ।

अहिलेलाई उक्त गाडी कालो रङमा उपलब्ध छ । बीवाईडी एट्टो ३ को इन्फोटेनमेन्ट सिस्टमलाई अपग्रेड गरी १५.६ इन्च बनाइएको कम्पनीले बताएको छ । गाडीमा सुपेरियर ग्रिप र सबै टेरेन्समा राम्रो ह्यान्डलिङ प्रदान गर्न गाडीका दुवै भेरिएन्ट हाई–पर्फमेन्स कन्टिनेन्टल टायर राखिएको पनि कम्पनीको भनाइ छ । बीवाईडी एट्टो ३ को नयाँ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध छ ।

एड्भान्स्डमा ४९.९२ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी सुपेरियरमा ६०.४८ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ । बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्की ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ ।

बीवाईडी एट्टो ३ २०२४ भर्सन एड्भान्स्ड र सुपेरियर गरी दुई भेरिएन्टमा उपलब्ध रहेको छ।  एड्भान्स्डमा ४९.९२  किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ५६ लाख ९० हजार रुपैयाँ तोकिएको छ। त्यसैगरी सुपेरियरमा ६०.४८  किलोवाट आवरको ब्याट्री प्याक रहेको छ र यसको मूल्य ६७ लाख ८० हजार रुपैयाँ तोकिएको छ। दुवैमा १०० किलोवाटको मोटर रहेको छ। बीवाईडी एट्टो ३ को २०२४ भर्सन कसमस ब्ल्याक, स्कि ह्वाइट, बुल्डर ग्रे र सर्फ ब्लु गरी विभिन्न चार कलर अप्सनमा उपलब्ध छ।

नवप्रवर्तन र दिगो वातावरणमैत्री यातायात समाधानका साथ साइमेक्स इंकले नेपालको विद्युतीय सवारी क्रान्तिमा लगातार रुपमा नेतृत्व प्रदान गरिरहेको छ। बीवाईडी एट्टो ३ २०२४ भर्सनले इलेक्ट्रिक भेइकल टेक्नोलोजी र डिजाइनको शिखरलाई प्रतिनिधित्व गरेको छ, जसले स्पोर्टी इलेक्ट्रिक एसयूभी कस्तो हुन्छ भनेर नयाँ मापदण्ड समेत स्थापित गरेको छ।

प्रतिक्रिया दिनुहोस्