खेलकुद

एएफसी महिला च्याम्पियनसिपमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

९ भाद्र २०८१, आईतवार १०:०३
एएफसी महिला च्याम्पियनसिपमा आज नेपाल र उज्वेकिस्तान भिड्दै

९ भदौ,काठमाडौं । विभागीय टोली एपिएफ क्लबले एएफसी महिला च्याम्पियन्स लिगमा आज उज्वेकिस्तानको पिएफसी नासाफसँग प्रतिस्पर्धा गर्दैछ।

मलेसियाको लिकास स्टेडियममा हुने खेल आज बेलुका नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ । नेपाली टोली अनिता बस्नेतको कप्तानीमा मैदानमा उत्रनेछ । एपीएफले आज नसाफलाई हराए समूह चरणमा पुग्ने सम्भावना बलियो बनाउनेछ ।

घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको नेपाल समूह ए मा दुवै खेल जित्दै समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो । नेपालले पहिलो खेलमा श्रीलंकालाई १–० ले दोस्रो खेलमा बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।

अर्कोतर्फ भुटान भने समूह बी को उपविजेता बन्दै अन्तिम चारमा पुगेको हो ।पहिलो खेलमा साविक विजेता भारतसँग १–० ले पराजित भए पनि दोस्रो खेलमा माल्दिभ्सलाई २–१ ले हराउँदै भुटान सेमिफाइनल पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्