समाचार

मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष यादवको निधन

९ भाद्र २०८१, आईतवार ०९:४८
मोटरसाइकल दुर्घटनामा वडाध्यक्ष यादवको निधन

९ भदौ,महोत्तरी। महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको सवारी दुर्घटनामा निधन भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार जलेश्वर बर्दिवास सडकखण्डको बर्दिवास नगरपालिका-८ स्थित कलभर्ट छेउमा आज बिहान उनी मृत फेला परेका हुन् ।

जलेश्वर–बर्दिबास सडकअन्तर्गत बर्दिबास नगरपालिका–८ स्थित कल्भर्टमा वडाध्यक्ष यादव चढेको लु प्र ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो। वडाध्यक्ष यादवको शव कल्भर्टसँगै भेटिएको हो।

वडाध्यक्ष यादव नेपाल कम्प्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्