समाचार

अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् : प्रधानमन्त्री ओली

८ भाद्र २०८१, शनिबार १५:५६
अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस् : प्रधानमन्त्री ओली

८ भदौ, भरतपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा बस्ने नेपालीहरुले पनि स्वदेश फर्किन चाहना व्यक्त गरिरहेको बताएका छन्।

शनिबार काठमाडौँमा आयोजित युथ कन्क्लेभ कार्यक्रममा सहभागी युवाहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले अहिलेको सरकारसँग आशा र भरोसा गर्दा फरक नपर्ने बताउँदै वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गरे।

साथै, उनले त्यसैका लागि आफू फेरी प्रधानमन्त्री बनेको बताए। आफू यो उमेर पनि देशमा परिवर्तन ल्याई छोडने उद्देश्यका लागि सरकारको नेतृत्वमा आएको प्रधानमन्त्री ओलीको भनाइ थियो।

प्रधानमन्त्री ओलीले अहिले समाजमा स्वार्थी प्रवृत्ति बढेकोप्रति गुनासो गरे। उनले भने, ‘यस प्रवृत्तिलाई पराजित नगर्दा बलात्कार जस्ता आपराधिक क्रियाकलाप बढेका छन्। समाजमा मानिसले सामाजिक प्राणी भएर रहन सक्नुपर्छ। मानव जातिले समाजले तयार पारेको मूल्य मान्यताअनुसार चल्न सक्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्