समाचार

खोलाले बगाउँदा अरुण तेस्रोका कार्यरत १ मजदुर बेपत्ता

८ भाद्र २०८१, शनिबार १५:४७
खोलाले बगाउँदा अरुण तेस्रोका कार्यरत १ मजदुर बेपत्ता

८ भदौ, भरतपुर । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाका एक मजदुर खोलाले बगाउँदा बेपत्ता भएका छन्।

अरुण तेस्रोको विद्युत् गृहस्थल चिचिला गाउँपालिका–३ पुखुवामा कार्यरत मजदुर खाँदबारी नगरपालिका–४ सेकाहाका अन्दाजी ४५ वर्षीय गङ्गाबहादुर गुरुङ बेपत्ता भएका छन् । शनिबार बिहान साढे ७ बजे गुरुङलाई कागुवा खोला तर्ने क्रममा बगाउँदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिशेककुमार श्रेष्ठले जानकारी दिए।

 बेपत्ता भएका गुरुङको नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्