समाचार

भारतकी राज्यमन्त्रीले भेटिन् बस दुर्घटनाका घाइते

८ भाद्र २०८१, शनिबार १५:३३
भारतकी राज्यमन्त्रीले भेटिन् बस दुर्घटनाका घाइते

८ भदौ, काठमाडौं। गृह मन्त्रालयले भारतका युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्सेलाई शुक्रबार मर्स्याङ्दीमा भएको बस दुर्घटनाबारे ब्रिफिङ गरेको छ।

२७ जना भारतीय नागरिकको ज्यान जाने गरी भएको बस दुर्घटनाको विषयमा सिंहदरबारस्थित गृह मन्त्रालयमा आज बिहान गृहमन्त्री रमेश लेखकले ब्रिफिङ गरेका हुन्।

उनी महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको भारतीय दूतावासले जनाएको छ । पोखराबाट काठमाडौँतर्फ आइरहको यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट दुई सय मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको त्यहाँ उपचार भइरहेको छ । सो दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए । चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्