समाचार

धादिङको ८ किलोमा जिप दुर्घटना

२० पुष २०७८, मंगलवार ०८:२४
धादिङको ८ किलोमा जिप दुर्घटना

काठमाडौँ : धादिङको थाक्रेस्थित ८ किलोमा जिप दुर्घटना भएको छ । तनहुँबाट काठमाडौँ आउँदै गरेको स्कोरपियो जिप सडक भन्दा करिब २० कि.मि. तल खसेको नेपाली सेनाले जानकारी दिएको छ ।

जिप अनियन्त्रित भइ दुर्घटना भएको सेनाले बताएको छ  । नं. ३ बाहिनी अड्डाको फौजले फेला पारी घटनास्थलबाट ४ जनाको उद्धार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्