समाचार

मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)

७ भाद्र २०८१, शुक्रबार १३:५५
मर्स्याङदी नदीमा खसेको बसमा ४१ जना यात्रु (नामावलीसहित)

७ भदौ, काठमाडौं। पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट शुक्रबार मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खस्दा १४ जनाको मृत्यु भएको छ।

आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस अघि मर्स्याङ्दी नदीमा खसेको थियो । पोखराबाट काठमाडौंतर्फ आइरहेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।

दुर्घटनास्थलबाट १६ जना यात्रुलाई उद्धार गरिएको छ। भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बसमा ४१ जना यात्रु, एक जना चालक र एक जना सहचालक थिए। दुर्घटनामा परेको बसमा सबै भारतीय नागरिक सवार रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी मोहनकुमार थापाले जानकारी दिए।

‘पोखराको ड्यामसाइडको एक होटलमा उहाँहरू बस्नु भएको रहेछ। आज बिहान ७:३० बजे यहाँबाट बस काठमाडौंका लागि छुटेको रहेछ,’ उनले भने, ‘पोखराको होटलमा ४१ जना बसेको रेकर्ड छ। उनीहरू भारतको गोरखपुरबाट आएको भन्ने जानकारी छ। सबै भारतीय नागरिक हुन्।’

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । अहिलेसम्म दुर्घटनास्थलबाट १६ जना यात्रुको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्